You are viewing the translated version of उजुरी दिन सक्ने.

Section 18
उजुरी दिन सक्ने
(१) दफा ११ को उपदफा (३), दफा १६ को उपदफा (१) वा दफा १७ को उपदफा (१) बमोजिम नियमनकारी निकायले गरेको निर्णयमा चित्त नबुझ्ने संस्थाले त्यस्तो निर्णय भएको मितिले पैंतीस दिनभित्र मन्त्रालयमा उजुरी दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम परेको उजुरीमा मन्त्रालयबाट भएको निर्णय अन्तिम
हुनेछ।
(३) उपदफा (१) बमोजिम उजुरी दिएको आधारमा इजाजतपत्रवालाले यस ऐन
बमोजिम पूरा गर्नु पर्ने दायित्वबाट उन्मुक्ति पाउने छैन।